चौदण्डीगढी/उदयपुर
गायिका,गीतकार तथा संगीतकार रेणुका थापा कोटेश्वर काठमान्डौंकी स्थानीय वासिन्दा हुन्।सामान्य परिवारमा जन्मिएकी उनी सानैबाट गीत संगीतमा रुचि राख्थिन्।विगत ६,७ वर्ष देखि नेपाली संगीतमा अौपचारिक रुपमा लागेकी उनी पेशाले नर्स हुन्।नेपालमा महिला संगीतकारको कम भएको कारण उनी अाफूले यस क्षेत्रमा सक्दो मेहनत गर्दै अगाडि बढ्ने ईच्छा जाहेर गर्छिन्।सबै किसिमको गीत मन पराउने उनी वेिशेषत पप संगीतमा रुचि भएको बताउँछिन्।भविष्यमा अझै राम्रा गीत संगीतहरु दिने उनको योजना छ।

भर्खरै मात्र उनकै शब्द,संगीत र स्वरमा "तिम्रो मायामा" भन्ने बोलको गीत युट्युबमा रिलिज भएको छ जुन गीतमा उनलाई गायक संतोष लामाले साथ दिएका छन्।एरेन्जर सन्दिप कार्कीले यस गीतलाई राम्रो क्लब बिटमा एरेन्ज गरेका छन्।म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टको निर्देशनमा बनेको यस म्युजिक भिडियो एउटा रेस्टुरेन्टमा छायांकन गरिएको छ। यस क्लब गीतको म्युजिक भिडियोमा गायिका रेणुका थापा अाफैं मोडलका रुपमा देख्न सकिन्छ साथमा गौरबले उनलाई साथ दिएका छन्। मेकअप अार्टिस्ट शोभा श्रेष्ठको श्रृंगार रहेको यस भिडियोलाई पबन गौतमले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका छन्।

No comments:
Post a Comment