Friday, February 24, 2017

"कल्याणको निम्ति उदयपुरको यात्रा"




फाल्गुन १३ / युएई
नवराज घिमिरे
"कल्याणको लागि यात्रा" (Walk For Wellness) भन्ने स्लोगन रहेको युएई स्थित दुबई राज्यको एउटा ब्यापारिक सस्था लुलु हाइपर मार्केट जसले विभिन्न मुलुकहरूका मानिसहरुको उपस्थिति लाई आव्हान गरेर आजको यात्रा सफल गरेको छ। उक्त कार्यक्रममा उदयपुर सेवा समाज युएई ले पनि आफ्नो सहभागीता जनाएको छ ।
प्रवासको भुमिमा रहेर नेपाली दाजुभाई दिदिबहिनी हरुले जनाएको यो सहभागिता एकदमै प्रंशसनीय रहेको थियो भनेर हामिलाई उक्त कार्यक्रममा सहभागी मध्येका उदयपुर सेवा समाज युएईका कोषाध्यक्ष सुजन कोयि राईले बताए। अर्का उदयपुरकै सहभागी भरत खत्रीले समेत निकै नै खुशी भएको धारणा ब्यक्त गरे उनले थपे स्वास्थ जस्तो क्षेत्रमा त्यो पनि आफ्नो स्वास्थ को ख्याल आफैले गर्नपर्ने हुदा आज आफ्नो स्वास्थ्य को निम्ति स्वास्थकर हुन सहयोग पुगोस भनेर हामिले यो सहभागिता जनाएका हौ। आज हामिले गरेको यो सानो सहभागीताले सम्पुर्ण नेपालीहरुको पहिचानको रुपमा विश्व समुदायमा जानेछ तेसैले खुसी छौ ।
उदयपुर सेवा समाज युएई का अध्यक्ष अन्जन किराँती भन्छन यो उदयपुर सेवा समाज युएई लाई कार्यक्रम मा सहभागी गराउनलाई साथ नेपाली समुदाय युएई ले दिएको छ जसका अध्यक्ष बिदुर राउत छन उहालाई धन्यवाद आगामी दिनहरुमा हुने कार्यक्रम मा यस्तै साथ र सहयोग पाइयोस ।
उक्त कार्यक्रम दुबई राज्यको जाबेल पार्क स्थित गेट न तीन बाट शुरु गरिएको थियो भने यात्राको दुरि तीन किलोमिटर तय गरिएको थियो। उक्त कार्यक्रम मा बिश्वका विभिन्न देशका मानिसहरुले सहभागिता जनाएका थिए ।

Monday, February 20, 2017

अात्महत्या बन्दैछ जटिल समस्या....

बेल्टार /उदयपुर

      उदयपुरको बेल्टारबसाहा नगरपालिका वडा न. १ मा एक किशोरीले आत्महत्या गरेकी छिन्।
स्थानीय पारुहाङ एकेडमीमा कक्षा ९ मा अध्ययनरत छात्रा कृतिका (रेखा) बस्नेत ले दिउँसो आत्महत्या गरेकी छिन् ।
कृतिकाले किन आत्महत्या गरिन् ,के कारण थियो उनको आत्महत्याको भन्ने अहिले सम्म खुल्न सकेको छैन । आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
वास्तवमा यस्ता समाजमा घटने घटनाहरुले समाजमा नकरात्मक असर त पक्कै पर्छ नै तर पनि के यस्ता घटना कम गराउन सकिन्छ सकिँदैन ?? यस्ता कुराहरुमा स्थानीय निकायहरु र सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।
समाजमा एकपछी अर्को गर्दै हुनजाने यस्ता आत्महत्याका घटनाहरुले पक्कै पनि आउने पिढीहरुको लागि नकरात्मक सन्देश दिनेहुँदा हामी सम्पुर्ण नागरिक यसको निराकरणको निमित्त  विभिन्न जनचेतना मुलक कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ ।
भनिन्छ डर,त्रास,धम्की,ईर्ष्या,लोभ,लालच आदि यस्ता मानवीय  सम्वेग जसले मानिसलाई मृत्युको मुखसम्म पुराएर यस्ता अप्रिय  घटना घटने गर्दछन ।
तसर्थ सबैले यस्ता घटनाहरु हुन नदिन या त कम गर्नका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न अपरिहार्य देखिन्छ ।
कृतिका को मृत्युले बेल्टारवासी सबै भावविहल भएको अवस्था छ । घटनाको सत्य-तथ्य के हो भन्ने विषयमा पोस्टमार्टम रिपोर्ट आइसकेको छैन ।

Saturday, February 18, 2017

शिक्षाको लागि उदयपुर सेवा समाजको यात्रा !!!


फाल्गुन ६ / युएई
नवराज घिमिरे
        " शिक्षाको लागि यात्रा" (Walk For Education) भन्ने मुलमन्त्रका साथ  Dubai Cares ले अायोजना गरेको कार्यक्रम हिजो भव्यताका साथ सम्पन्न भएको छ।Dubai Cares युएईको एक सरकारी सस्था जसले विभिन्न अल्पबिकसित मुलुकहरूका बालबालिका हरुको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा उदयपुर सेवा समाज युएई ले पनि आफ्नो सहभागिता  जनाएको छ ।
"प्रवासको भुमिमा रहेर नेपाली दाजुभाई दिदिबहिनी हरुले जनाएको यो सहभागिता एकदमै प्रशंसनीय रहेको थियो "भनेर हामीलाई उक्त कार्यक्रममा सहभागी उदयपुर सेवा समाजका कोषाध्यक्ष  सुजन कोयि राईले बताए। अर्का उदयपुरकै कलाकार तथा मोडल दुर्गा छेत्री ले समेत निकै नै खुशी भएको धारणा ब्यक्त गरे ।उनले थपे "शिक्षा जस्तो क्षेत्रमा त्यो पनि अल्पविकसित राज्यका बाल बालिकाहरूलाई सहयोग पुगोस् भनेर हामीले यो सहभागिता जनाएका हौं। आज हामीले गरेको यो सानो सहयोग सम्पुर्ण नेपालीहरुको सहयोगको रुपमा विश्व समुदायमा जानेछ त्यसैले खुसी छौं।"
उदयपुर सेवा समाज युएई का अध्यक्ष अन्जन किराँती भन्छन्-"यस्तो राम्रो लक्ष्य लिएर गरिएको कार्यक्रममा उदयपुर सेवा समाज युएई लाई सहभागी हुने सुअवसरको लागि नेपाली समुदाय युएईका  अध्यक्ष बिदुर राउतलाई धन्यवाद र आगामी दिनहरुमा हुने कार्यक्रममा यस्तै साथ र सहयोग पाइयोस्  ।"
कार्यक्रम युएई समय अनुसार बिहानको ९:०० बजेबाट शुरु भएको थियो भने यात्रा तीन किलोमीटर को रहेको थियो। कार्यक्रम दुबई राज्यको "क्रीक पार्क" मा भएको थियो ।


Thursday, February 16, 2017

चन्द्रकला राइको रक्सी तीन पाने" को भिडियो छायांकन सम्पन्न !!!





नेपाली साङ्गितिक चौतारी लाई भरिपुर्ण पार्ने कार्यमा महत्त्वपूर्ण योगदान दिने धेरै श्रस्टाहरुछन तिनै मध्येका एकको रुपमा लिन सक्छौ गायिका चन्द्रकला राईलाई । जसले भर्खरै बजारमा ल्याएको एल्बम रक्सी तीन पाने को गित को म्युजिक भिडियो को छायांकन सकिएको छ ।
प्रवासमा रहेर निकै नै लामो समयदेखी निर्देशकको रुपमा रहेका केसब कटुवालको निर्देशनमा छायांकन प्रबिन, र राम कटुवालले गरेका छन ।
अभिनयलाई जिवन्त दिन चाहाने कलाकारहरु प्रकाश ढकाल ,दिपिका भट्ट, दुर्गा छेत्री अनि अनु लुइटेलको संयुक्त अभिनयमा आधारित यो म्युजिक भिडियोको छायांकन युएई मा गरिएको हो ।
अब चाडैनै बजारमा आउन लागेको यो म्युजिक भिडियो लाई पहिला जस्तै धेरै दर्शकहरुले मनपराउने कुराको दावी गर्छन कलाकार मोडल दुर्गा छेत्री । उनी भन्छन धेरै नै मेहनत गरेर यो म्युजिक भिडियो छायांकन गरिएको छ दर्शक माझ चाडै युटुब लागायत अन्य माध्यमबाट बजारमा ल्याउदैछौ ।
सबै नेपाली दर्शक तथा संगीत का पारखी हरुलाई भिडियो हेरिदिन का लागि अर्का मोडल प्रकाश ढकाल ले अनुरोध गरेका छन । प्रतीक्षा गरिदिनुहोस चाडैनै आउनेछ ।


Monday, February 13, 2017

सदाबहार कलाकार पुष्कर पन्त

नेपाली कलाकारिता क्षेत्रमा बिगत तीन दशक २०४५साल) देखि आफ्नो पहिचान कायम गराउने सदाबहार कलाकार हरु मध्येका एक हुन पुष्कर पन्त भन्दा फरक नपर्ला । कला र गलाको जसरी सम्मान गर्नुपर्छ भनिन्छ नि उसै गरि पुष्कर पन्त ले आफ्नो अभिनय कलालाई निरन्तरता दिएर लागि परिरहेका छन । जन्मभुमि नेपाललाई छाडेर अमेरिका जस्तो बिकाशीत रास्ट्रमा आफ्ना सपरिवार बसोबास गर्दै आएका उनी अहिले सम्म पनि कलाकारिता छेत्रमा कम्मर कसेर लागि परिरहेका छन । नेपालका चर्चित हास्यकलाकारहरु सङ सहकर्मी का रुपमा काम गरेका उनले तितो सत्य , टुवाक्क टुक्क , तिरिमिरी झ्याई ,साथै प्रहरी अनुरोध लगायतका विभिन्न टेलिसिरियलहरुमा समेत अभिनय गरेका थिए । चर्चित कलाकार हरुमा दिपकराज गिरी , जितु नेपाल, दिपाश्री निरौला गोपाल नेपाल फिस्टे नारायण त्रीपाठी दिनेश डिसी लगायतका कलाकार हरुका समकक्षी कलाकार हुन पुष्कर पन्त।
नेपाल बाट अमेरिका गएर स्थायी बसोबास गरेता पनि आफ्नो कलाकारितालाई उनले छोडन सकेका छैनन। अहिले पनि प्रत्येक सोमबार उनको "सोमबार को कार्यक्रम " युटुब चेनेल तथा फेसबुक भिडियो बाट ओनलाइनमा समाबेस हुँदै आएको छ ।
कलाकार पुष्कर पन्तले प्रस्तुति दिने हरेक कार्यक्रमहरु अमेरिका बस्दै आएका नेपालीहरु लगायत विभिन्न देश बिदेशमा हुने दर्शक श्रोताहरुले मनपराउदै आएका छन । कलाकार को कलाकरितालाई कदर गरियो भने अझ धेरै नौला नौला प्रस्तुतीकरण को समेत सहजता हुन्छ तेसैले कलाकार पुष्कर पन्तलाई माया गरौ उनको नियमित कार्यक्रम हरु हेर्ने गरौ।
अर्को चर्चित गित म त मर्छु कि के हो ठुली बोलको गित रहेको चलचित्र "ठुली " को प्रोडुसरको रुपमा समेत पथ राखेका पन्तले नेपाली कला र सस्कृतीको जगेर्ना गराउने कुरामा कलाकार हरुको भुमिका महत्त्वपूर्ण हुने बताउछन । जीवन रहुन्जेल अभिनयमै रमाउन चाहाने पुष्कर पन्तलाई सदैब आशिष मिलोस उहाका हरेक कार्यक्रमहरु सफल हुँदै जाउन शुभकामना !!!



Sunday, February 12, 2017

"लुक्स" एल्बमको युके हङकङ कोरिया बोलको गितको भिडियो छायांकन सम्पन्न !!!

गायिका कला राइको "लुक्स" एल्बममा रहेको युके हङकङ कोरिया बोलको गितको म्युजिक भिडियोको छायांकन युएई मा सम्पन्न गरियो ।
बास्तबमै मार्मिक गित जसले गाउघरको बास्तबिकता लाई समेटेको छ जसमा पुरुष पात्र धन कमाउने बहानामा बिदेश भासिएर आफ्नी अर्धाङ्गिनीलाई स्वदेशमै छाडेर वास्ता गर्न छोडेको र श्रीमानको पर्खाईमा श्रीमती तडपिएर बस्नुपर्ने घटनाहरु हाम्रो समाजमा ब्याप्त पाइन्छ । सोही घटनालाई म्युजिक भिडियो मा प्रस्तुत गरिएको छ ।
निर्देशक केशब कटुवाल ले निर्देशन गरेको उक्त म्युजिक भिडियो युएई का विभिन्न शहरहरुमा छायांकन गरिएको छ। छायांकन क्षेत्रमा लामो समयदेखी प्रवासमा रहेर पनि लागिपरिरहेका राम गुरुङ ले गरेका छन । "लुक्स" एल्बम मा रहेको  युके हङकङ कोरिया बोलको यो आधुनिक गितमा सङ्गीत बरिस्ठ सङ्गितकार श्री सुरेश अधिकारिको रहेको छ भने शव्द र स्वर भने आदरणीय गायिका कला राई स्वयम कै रहेको छ ।
म्युजिक भिडियो लाई पुर्णता दिनका लागि नेपाली मोडल दुर्गा छेत्री र मोडेल उर्मिला केसीले साथ दिएका छन । दर्जनौ म्युजिक भिडियो हरुमा सफल अभिनय गरिसकेका मोडल दुर्गा छेत्रीले फेरि पनि एकपटक यो गितमा आफ्नो निकैनै दमदार प्रस्तुती दिन सफल भएका छन । हालै मात्र छायांकन सकिएको यस म्युजिक भिडियो चाडै नै बजारमा आउने जानकारी गराइको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...