Saturday, February 18, 2017

शिक्षाको लागि उदयपुर सेवा समाजको यात्रा !!!


फाल्गुन ६ / युएई
नवराज घिमिरे
        " शिक्षाको लागि यात्रा" (Walk For Education) भन्ने मुलमन्त्रका साथ  Dubai Cares ले अायोजना गरेको कार्यक्रम हिजो भव्यताका साथ सम्पन्न भएको छ।Dubai Cares युएईको एक सरकारी सस्था जसले विभिन्न अल्पबिकसित मुलुकहरूका बालबालिका हरुको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा उदयपुर सेवा समाज युएई ले पनि आफ्नो सहभागिता  जनाएको छ ।
"प्रवासको भुमिमा रहेर नेपाली दाजुभाई दिदिबहिनी हरुले जनाएको यो सहभागिता एकदमै प्रशंसनीय रहेको थियो "भनेर हामीलाई उक्त कार्यक्रममा सहभागी उदयपुर सेवा समाजका कोषाध्यक्ष  सुजन कोयि राईले बताए। अर्का उदयपुरकै कलाकार तथा मोडल दुर्गा छेत्री ले समेत निकै नै खुशी भएको धारणा ब्यक्त गरे ।उनले थपे "शिक्षा जस्तो क्षेत्रमा त्यो पनि अल्पविकसित राज्यका बाल बालिकाहरूलाई सहयोग पुगोस् भनेर हामीले यो सहभागिता जनाएका हौं। आज हामीले गरेको यो सानो सहयोग सम्पुर्ण नेपालीहरुको सहयोगको रुपमा विश्व समुदायमा जानेछ त्यसैले खुसी छौं।"
उदयपुर सेवा समाज युएई का अध्यक्ष अन्जन किराँती भन्छन्-"यस्तो राम्रो लक्ष्य लिएर गरिएको कार्यक्रममा उदयपुर सेवा समाज युएई लाई सहभागी हुने सुअवसरको लागि नेपाली समुदाय युएईका  अध्यक्ष बिदुर राउतलाई धन्यवाद र आगामी दिनहरुमा हुने कार्यक्रममा यस्तै साथ र सहयोग पाइयोस्  ।"
कार्यक्रम युएई समय अनुसार बिहानको ९:०० बजेबाट शुरु भएको थियो भने यात्रा तीन किलोमीटर को रहेको थियो। कार्यक्रम दुबई राज्यको "क्रीक पार्क" मा भएको थियो ।


No comments:

Post a Comment

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...