नेपाली सांगीतिक अाकाशमा उदयमान गीतकार सुजन कोयि राईको शब्द,अहिलेका व्यस्त संगीतकार डि.अार अटुको संगीत र नेपाली संगीतका बादशाह राई ईज किङ राजेश पायल राईको स्वर रहेको ‘कोशिस नगर भुल्न मलाई’ को म्युजिक भिडियो युट्युबबाट सार्वजानिक गरिएको छ ।
डान्सर तथा मोडेल पार्वती राई , सुजन कोयि राई र प्रेम लिम्बुको अभिनय रहेको यस भिडियोलाई लिसारा राई(कृस्टी) ले निर्देशन गरेकी हुन्।
उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका -७ , बेल्टार बजार स्थायी घर भएका गीतकार सुजन कोयि राईले आफ्नो समर्थन एल्बममा रहेको यो दोश्रो गीत सार्वजनिक गरेका हुन् । निकै लामो समय सम्म प्रवासमा रहेर पनि सांगीतिक क्षेत्रमा लागि परिरहेका सुजन कोयि राईले यो गीतमा आफूले अभिनय समेत गरेका छन् । पुराना चर्चित कलाकारहरु संग आफूले अभिनय गर्न पाउँदाको खुशी बयान गरेर गर्न नसकिने रहेछ भनेर आफ्नो अनुभव सुनाउछन् उनि।समर्थन एल्बमकै गीत र म्युजिक भिडियोकै कामको सिलसिलामा हाल काठमाडौंमा रहेका गीतकार राईले भने क्रमश हाम्रो म्युजिक भिडियोहरु र गीतहरु सार्वजनिक गर्दै जानेछौं।

बैशाख १७ गते एक कार्यक्रम का बिच भिडियो सार्वजनिक गरिएको थियो भने गीतकार तथा मोडेल सुजन कोयि राईले सांगीततिक क्षेत्रमा निरन्तर लागीरहने प्रण गरेका छन्।

Woow..man xoyo yr... dharae ramro xa dost keep it up
ReplyDelete