चौदण्डीगढी / उदयपुर
किराँती समुदायले मनाउँदै आएको आफ्नो परम्परागत साकेला पर्व भब्य रुपमा आज चौदण्डीगढी नगरपालिका स्थित बेल्टार साकेला थानमा मनाएका छन्।प्रत्येक वर्ष वैशाख र मंसिरमा उँधौंली र उँभौंली भनेर किराँतीहरु अाफ्नो संस्कार र संस्कृति स्वरुप यस पर्वमा नाँच्ने गर्दछन्।जिल्लाको विभिन्न क्षेत्रहरूबाट उपस्थित भएका किराँती समुदाय तथा गैर किराँती समेतको सहभागितामा भब्य रुपमा साकेला मनाईएको थियो।
साकेला भन्नाले भूमी, शिला, ढुंगाको पूजा हो । यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेला हो ।
उनै श्रृष्टिकर्ता भूमिदेव तथा धरतीकी प्रतीक सुम्निमा र आकाशको प्रतीक पारुहाङलाई अन्न प्रदान गर्ने माताको रुपमा पूजा गर्न आरम्भ गर्ने खोक्चिलिपा (हेच्छाकुप्पा/रछाकुल्ले) र नालुङमा (सिक्रिमा) तथा कपडा बुनाईको सीप आविष्कार गर्ने तायामा र खियामा जस्ता श्रष्टाहरूले प्रतिपादन गरेको किराँत संस्कार, संस्कृति जसमा ढोल, झ्याम्टा, सिलिमी, पोमी (चौरीको पुच्छर) जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिया गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेला नामले पुकारिन्छ । किराँतहरूको भाषामा: साकेला, साकेवा, साकेन्वा, तोषी, तोष, साक्खेवा, साखेल, स्याँदर, चासोक जस्ता धेरै शब्दहरू हुँदाहुँदै किराँत भाषामा नै साकेला, साकेवा वा अन्य किराँत भाषी नामबाट संबोधन गर्ने गरेको पाइन्छ।
बेल्टारमा साकेला मनाईरहँदा बालबालिका, युवा युवतीलाई विभिन्न किराँती भेषभुषाले सजिसजाउ देखिएका थिए भने आफ्नो संस्कृती र परम्परागत चाँड साकेला नाचेर भब्यरुपमा मनाएको कुरा हामीलाई एक सहभागीले बताए ।





No comments:
Post a Comment