युएई/ नवराज घिमिरे
बैशाख ३,०७४
गीतकार सुजन कोयी राई द्वारा लिखित गीत "समर्थन तिम्रो सधै गरिरहें "बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
अनिल कोयी राईको सुमधुर संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ।उक्त गीत केही महिना अघि देखि बजारमा आएर निकै चर्चामा रहेको थियो भने भिडियो आजबाट युट्युब मार्फत सार्वजनिक गरिएको छ। अहिलेका युवा गायक तथा भिडियो निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको उक्त भिडियोमा मोडल सम्झना राई,रुकमान लिम्बु,प्रेम लिम्बु र गौरा राईको अभिनय रहेको छ ।यसै गरी छाँयांकनमा ज्ञानेन्द्र शर्मा रहेका छन् भने मेकअप आर्टिस्टको कामलाई मोडल तथा ब्युटिसियन गौरा राईले गरेकी छिन्।
नेपाली सांगीतिक आकाशमा एउटा अाशलाग्दा गीतकारका रुपमा देखा परेका गीतकार सुजन कोयी राईको यो पहिलो रेकर्डेड गीत भए पनि यो गीत सुन्दा उनको लेखन शैली प्रशंसनीय देखिन्छ।आजैबाट कभर प्रतिस्पर्धा समेत अायोजना गरिएको जानकारी गीतकार सुजन कोयी राईले दिएका छन् ।
कभर प्रतिस्पर्धामा प्रथम हुने विजेतालाई नगद रु ५०,०००/- का साथमा एउटा गीत रेकर्डिङ गरिने घोषणा गरिएको समेत उनले बताए।
https://m.youtube.com/watch?v=bRd4VMbrZRA&feature=share
हामीलाई केही प्रतिनिधीहरुको आवस्यक रहेको हुदा इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहुन अनुरोध छ ।
Subscribe to:
Post Comments (Atom)
उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!
चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...
-
चौदण्डीगढी/अनलाइन नेपाली सांगीतिक क्षेत्रमा धेरै सर्जकहरु तथा कलाकारहरुले आफ्नो आफ्नो पहिचान कायम गरेका छन तिनै ब्यक्तिहरुमध्येका...
-
चौदण्डीगढी/उदयपुर गायिका,गीतकार तथा संगीतकार रेणुका थापा कोटेश्वर काठमान्डौंकी स्थानीय वासिन्दा हुन्।सामान्य परिवारमा जन्मिएकी उनी सानैब...

No comments:
Post a Comment