चौदण्डीगढी नगरपालिका मा मेयरको लागि रस्साकस्सी !!
चौदण्डीगढी /उदयपुर
बैशाख ८,०७४
यहि आउदो बैशाख ३१,भनेर नेपाल सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा उम्मेदवारीको निम्ति निक्कै रस्साकस्सी भएको बुझिएको छ । तिनवटै प्रमुख पार्टीहरुले हिजो मात्र नगरकमिटीको बैठक बसि उमेदवार हरुको नाम जिल्ला पार्टीलाई सिफारिस गरेका हुन ।
जति जति चुनाव नजिकिदै गएको पाइन्छ तेति धेरै राजनैतिक दलहरु सलबलाउन समेत थालेकाछन। चौदन्डीगढी नगरपालिकाको प्रमुख बजारहरु बेल्टार,बसाहा, हडिया ,सिवाई, सुन्दरपुर लगायत बिरेन्द्र बजार का विभिन्न सार्वजनिक स्थलहरुमा चुनावी गफ गाफ मा बसेर बसि बियालो गर्नेहरुको पनि कमि नरहेको बुझिएको छ।
त्यस्तै गरेर नेपाली काङ्ग्रेस चौदण्डीगढी नगरपालिका को तर्फबाट मेयरका लागि खगेन्द्र राई (निर्मल काजी), अर्जुन दाहाल,प्रदिप केसि र प्रशान्त राइको नाम सिफारिस गरिएको बुझिएको छ।
त्यसै गरेर नेकपा एमाले चौडन्डीगढी नगरकमिटीको बसेको बैठकले जिल्ला कमिटी समक्ष सिफारिस गरेका नामावलीमा मेयरका लागि कालू लामा, कुमार सिंह कार्की, राजेन्द्र कट्वाल (राजन) र शम्भु पौडेल छन भने
उप- मेयर कान्ता राई ,लिला रिजाल ,मनिका दुलाल र रेवन्ती राईको नाम सिफारिस गरिएको छ ।
त्यसैगरि नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) उदयपुरले चौडण्ढीगढी नगरपालिकाको मेयर र उप–मेयरका लागि उम्मेदवार सिफारिस गरेको छ । बिहिवार बेल्टारमा सम्पन्न एक बैठकले उम्मेदवार सिफारिस गरेको हो । जसमा राजन किराँती “बासु” र सन्तोष सुबेदी "बलिदान" को नाम मेयर पदका लागि सिफारिस गरिएको छ । त्यसैगरि उप–मेयरका लागि हिरा थापा (तिम्सिना) र माया देबि राईको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएको उमेद्वारको नामहरु जिल्ला पार्टीले टुंगो लगाउने माओवादी केन्द्रले बताएको समाचार छ ।
साथमा अन्य दलहरू बाट पनि क्रमश नामावली आउने क्रम जारी रहेको छ।
हामीलाई केही प्रतिनिधीहरुको आवस्यक रहेको हुदा इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहुन अनुरोध छ ।
Subscribe to:
Post Comments (Atom)
उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!
चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...
-
चौदण्डीगढी/अनलाइन नेपाली सांगीतिक क्षेत्रमा धेरै सर्जकहरु तथा कलाकारहरुले आफ्नो आफ्नो पहिचान कायम गरेका छन तिनै ब्यक्तिहरुमध्येका...
-
चौदण्डीगढी/उदयपुर गायिका,गीतकार तथा संगीतकार रेणुका थापा कोटेश्वर काठमान्डौंकी स्थानीय वासिन्दा हुन्।सामान्य परिवारमा जन्मिएकी उनी सानैब...

No comments:
Post a Comment