अाउनुहोस् यिनै युवा गायक तथा म्युजिक भिडियो निर्देशक राजेश पुमा राईसंग हाम्रा चौदण्डीगढी ब्लगका प्रतिनिधिले गरेको छोटो अंश यहाँ प्रस्तुत गर्दछौं।
चौदण्डीगढी: राजेशजी,नमस्कार।अाजकल निकै व्यस्त हुनुहुन्छ हगी?
राजेश: नमस्कार हजुर,खासै व्यस्त त हैन तर केही कामहरु चाहिँ गरि नै रहेको छु।मेरा कामहरु नेपाली गीत संगीतमै निहित छन्।
चौदण्डीगढी: तपाईं अाजकल गायन क्षेत्रमा पनि हुनुहुन्छ,म्युजिक भिडियो नि निर्देशन गरिरहनु भएको छ,कसरी समय मिलाईरहनु भएको छ,गारो हुँदैन?
राजेश: गारो त अवश्य नै हुन्छ नै तर पनि मैले मिलाई नै रहेको छु।
चौदण्डीगढी: यसरी दुई फरक विधामा एक साथ अगाडि बढ्दा दुईटैमा अाफ्नो पूर्णता दिनु नसकिएला जस्तो लाग्दैन तपाईलाई?
राजेश:कुनै कुनै बेला लाग्छ तर पनि म दुवैमा अाफ्नो बेस्ट दिने कोसिस गरिरहेको छु।
चौदण्डीगढी: हाल सम्म एल्बम निकाल्नु भएको छैन,किन होला?कि तयारीमा हुनुहुन्छ?
राजेश:अब केही समय पछि निकाल्ने सोच छ।मेरो गायन अझै पनि खारिएको छैन जस्तो लाग्छ त्यसैले पनि हो।
चौदण्डीगढी: अाफ्नो गायकी खार्नलाई कतै प्रशिक्षण या अध्य्यन गरि रहनु भएको छ कि?
राजेश:हजुर गरिरहेको छु,म अहिले गुरु चण्डी प्रसाद काफ्लेसंग प्रशिक्षण लिई नै रहेको छु।
चौदण्डीगढी: तपाईको विचारमा संगीत के हो?
राजेश:हुन त संगीतलाई मान्छेले अा-अाफ्नै तरिकाले परिभाषित गर्छन् तर म चाहिँ संगीतलाई जीवन हो भनेर भन्न रुचाउँछु।
चौदण्डीगढी: तपाईं विशेष गरि कस्तो प्रकारको गीत सुन्न र गाउन मन पराउनु हुन्छ?
राजेश: म सबै प्रकारको गीतहरु सुन्न मन पराउँछु र अाफूलाई गाउन पनि सबै प्रकारकै मन लाग्छ।
चौदण्डीगढी: तपाई विशेष गरी कुन गायक गायीकाको गीत सुन्न रुचाउनु हुन्छ?
राजेश: म सबै गायक गायीकाहरुको गीत सुन्ने गर्छु,राम्रो गाउनेहरु सबै मेरो बेस्ट नै हुन्।
चौदण्डीगढी: तपाईं अहिले नेपाली संगीतमा संघर्षरत हुनुहुन्छ,कतिको गारो या सजिलो छ यो क्षेत्रमा?
राजेश: गारो पनि भईरहेछ अनि संघर्षरत पनि छु र गर्दै जाँदा सजिलो पनि छ।
चौदण्डीगढी: तपाईको "धेरै धेरै" बोलको गीत एकदमै राम्रो थियो तर त्यति हुँदा हुँदै पनि बजारमा त्यति अगाडि ल्याउन सक्नु भएन,किन होला?
चौदण्डीगढी: भविष्यका योजनाहरु तपाईको के छ नि?
राजेश: मेरो भविष्यको योजना भनेकै गीत संगीत हो।
चौदण्डीगढी: सर्ट मुभी,टेलिसिरियलहरु पनि निर्देशन गर्नु भएको छ ?
राजेश: सर्ट मुभी चाहिँ अहिले सम्म गरेको छैन, टेलिसिरियल चाहिँ हाल "कुरी कुरी " नामक गर्दैछु।
चौदण्डीगढी:यो सिरियल खास कस्तो हो?
राजेश: कुरी कुरी भनेको एउटा सामाजिक रुपान्तरण हो।यसले समाजमा भईरहेको विभिन्न चरित्रहरुलाई दृश्यचित्र मार्फत प्रस्तुत गर्छ।तसर्थ कुरीकुरी लाई एउटा सामाजिक प्रयोग भन्छु म।
चौदण्डीगढी: यो सिरियल हामीले कहिले हेर्न पाउँछौं?
राजेश: अब धेरै समय पर्खिनु पर्दैन,एक हप्ता पछि हेर्न पाउनु हुनेछ।
चौदण्डीगढी: तपाईले निर्देशन सम्बन्धी ज्ञान कहाँ बाट पाउनु भयो?
राजेश: यो सबै मेरो अनुभव हो।
चौदण्डीगढी:तपाईं अाफूलाई कुन कुरामा अात्मसन्तुष्टी मिल्छ?गायन या निर्देशन?
राजेश: दुवैमा।
चौदण्डीगढी: तपाईं हेर्दा हेण्डसम देखिनुहुन्छ,सधैं अरुलाई म्युजिक भिडियोमा खेलाईरहँदा कहिले अाफूलाई खेलौं जस्तो भएन?
राजेश: म कस्तो छु भन्ने त अाफैंले भन्दा नि अरुले हेर्ने कुरा हो,मुल्याङ्कन गर्ने कुरा हो अनि भिडियोमा खेल्ने कुरामा चाहिँ कहिले पनि त्यस्तो लागेन किनकी त्यो मेरो पेशा नै होईन।
चौदण्डीगढी: एउटा राम्रो मोडलमा हुनुपर्ने गुण के के हुन् जस्तो लाग्छ यहाँको विचारमा?
चौदण्डीगढी: तपाईको हेयर स्टाइल एकदम फरक र गज्जब खालको हुने गर्दछ नि,यसको रहस्य?
राजेश: हेयर स्टाइल बनाउने चाहिँ मेरो सौख हो,सायद त्यहि होला।
चौदण्डीगढी: तपाईं अाफूलाई कस्तो स्वभावको व्यक्ति भन्न रुचाउनु हुन्छ?
राजेश: मैले अाफैंलाई मुल्याङ्कन गरेको छैन,यो त तपाईहरुले भन्दा नै ठिक होला नि।
चौदण्डीगढी:तपाईलाई नेपालको सबभन्दा मनपर्ने ठाउँ?
राजेश: अाफ्नो देश अाफ्नो ठाउँ प्राय सबै मनपर्छ।म फेरि जहाँ पनि सजिलै संग घुलमिल हुन सक्छु,तर विशेष भन्नू पर्दा पोखरा नै हो।
चौदण्डीगढी: मनपर्ने खाना?
राजेश: नेपाली सेट नै हो,विशेष थकाली खाना।
चौदण्डीगढी: अन्त्यमा तपाईका अाफ्ना श्रोता तथा दर्शकहरुलाई केही भन्नुहुन्छ कि?
राजेश: मलाई यहाँहरुको साथ र मायाको जरुरत छ,मेरा कामहरु हेरेर सुनेर प्रतिक्रिया दिनुहोला।साथै नेपाली गीत संगीतलाई सधैं माया गरिदिनुहोस् भन्न चाहन्छु।


No comments:
Post a Comment