Monday, April 24, 2017

कभर गाउनुहोस ! पुरस्कार जित्नुहोस !!


चौदण्डीगढी / उदयपुर
बैशाख १७,०७४
      चौदण्डीगढी नगरपालिका वडा न :- ७, निवासी युवा  गीतकार सुजन कोयी राई द्वारा लिखित गीत "समर्थन तिम्रो सधै गरिरहें " बोलको गीतको कभर सङ प्रतियोगिता सुरु गरिएको छ ।
अनिल कोयी राईको सुमधुर संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ।उक्त गीत केही महिना अघि देखि  बजारमा आएर निकै चर्चामा रहेको थियो भने  भिडियो गत बैशाख ५ बाट युट्युब मार्फत सार्वजनिक गरिएको थियो।  अहिलेका युवा गायक तथा भिडियो निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको उक्त भिडियोमा मोडल सम्झना राई,रुकमान लिम्बु,प्रेम लिम्बु र गौरा राईको अभिनय रहेको छ । यसै गरी छाँयांकनमा ज्ञानेन्द्र शर्मा रहेका छन् भने मेकअप आर्टिस्टको कामलाई मोडल तथा ब्युटिसियन गौरा राईले गरेकी छिन्।
नेपाली सांगीतिक आकाशमा एउटा अाशलाग्दा गीतकारका रुपमा देखा परेका गीतकार सुजन कोयी राईको यो पहिलो रेकर्डेड गीत भए पनि यो गीत सुन्दा उनको लेखन शैली प्रशंसनीय देखिन्छ।म्युजिक भिडियो रिलिज गरिएकै दिनबाट कभर प्रतिस्पर्धा समेत अायोजना गरिएको  जानकारी  गीतकार सुजन कोयी राईले दिएका छन् ।
कभर प्रतिस्पर्धामा प्रथम हुने विजेतालाई नगद रु ५०,०००/-  का साथमा एउटा गीत रेकर्डिङ गरिने र साथमा स्टुडियो लिप्सिङ भिडियो समेत गरिदिने कुराको घोषणा गरिएको समेत उनले बताए।
कभर सङ गायन प्रतियोगितामा सहभागी हुनका निम्ति यहाँ तल राखिएको कारोएक भिडियो हेर्न सक्नु हुनेछ ।



                     

No comments:

Post a Comment

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...