अभिनास राई
चौदण्डीगढी यातायात प्रा.लि. द्वारा संचालित बेल्टार छुइला बाङ्सिला चल्ने ग १ ज ५८१९ नम्वरको ट्याक्सी बैशाख २९ गते शुक्रवार बिहान करिब ६:३० बजेतिर कोशी पुग्नै लाग्दा दुर्घटनामा परेको छ। बेल्टारबाट उक्त ट्याक्सी खाध्यान्न तथा जस्तापाता लिएर बिहान ५ बजेतिर हिडेको थियो।
सुगाचरी भन्ने ठाउबाट ओरालो झर्ने क्रममा घुम्तीमा पुगेपछी ब्रेक फेल हुन गएको कारण चालकले सुरक्षा गर्नका लागि गाडीलाई भितातिर जोत्ने क्रमम सडकमा गाडी पल्टिन पुगेको थियो जसको कारण भिरबाट खस्नबाट जोगिएको छ ।
यातायात प्रा.लि. का सचिब नरोत्तम राइका अनुसार गाडीमा सवार ६ जना मध्ये चालक गगाराम र अरु तीन जना सकुसल रहेको छन भने खोटाङ जिल्ला पौवासेरा घर भएका बर्ष २० का युवराज मगरको दायाँ खुट्टा भाचिएको र सोही ठाउ घर भएका बर्ष ५१ का बम बा. राइको टाउको तथा शरीरमा चोट लागेको छ ।
दुर्घटना पश्चात् बेल्टार बाट अर्को ट्याक्सी पठाई घाइतेहरुलाई बेल्टार प्राथमिक स्वास्थ चौकी मा सामान्य उपचार पश्चात् धरान बि.पि. कोइराला अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा खासै ठूलो क्षति नभए पनि खाद्यान्न लगायत अन्य सामग्री छरिएर यत्र तत्र भएको थियो।

No comments:
Post a Comment