Wednesday, May 31, 2017

मोफसलबाट चर्चा कमाएका बेल्टारे गायक सन्दिप मोते!!

उदयपुर,बेल्टारमा वि.सं. २०४२ सालमा अामा पदम माया परियार र बाबा दिलकुमार परियारका कान्छा छोराका रुपमा जन्मिएका हुन् गायक संदिप मोते।उनले हाल सम्म दुई वटा सांगीतिक एल्बम "समर्पण" र " जिवन्त" निकाली सकेका छन् भने तेस्रो एल्बम "ट्रस्ट मी"को तयारी पनि गरिरहेका छन्।२०६३ सालमा समर्पण एल्बम निकालेको १० वर्ष पछि जिवन्त एल्बम निकालेका यी गायकले एक दर्जन जति गीतमा संगीत पनि भरिसकेका छन्। विगत १३ वर्षदेखि नेपाली गीत संगीत क्षेत्रमा लागी परिरहेका यी गायक संदिप मोतेसंग हाम्रा चौदण्डीगढी अनलाईनका प्रतिनिधिले लिएको संवाद प्रस्तुत गर्दछौं।


चौदण्डीगढी: नमस्कार संदिपजी,यहाँलाई हाम्रो चौदण्डीगढी अनलाईनमा हार्दिक स्वागत छ।
संदिप: नमस्कार अनि चौदण्डीगढी अनलाईनलाई धन्यवाद ।


चौदण्डीगढी:तपाईको पुरानो दिनहरु सुनाउनुहोस् न,कसरी संगीत क्षेत्रमा प्रवेश गर्नुभयो?
संदिप:म सानैबाट गुन्गुनाईरहन्थें, स्कुलमा साथीभाइहरुले गाउन लाईरहन्थें।यसरी नै साथीभाइहरुको हौसला र प्रेरणाले यो क्षेत्रमा लागियो।


चौदण्डीगढी:तपाईको नजरमा संगीत के हो?कसरी परिभाषित गर्नु हुन्छ?
संदिप:संगीत मानव जिवनमा नभई नहुने एउटा चिज जस्तो लाग्छ मलाई,म त भन्छु जीवन जिउने अाधार हो संगीत।


चौदण्डीगढी:तपाईको यो कला र गला भगवानको देन हो कि कतै सिक्नु नि भएको हो?
संदिप:वास्तवमा मेरो त भगवानको देन पनि हो र मैले यसलाई निख्खार्न २ वर्ष साधना कला केन्द्रमा सिकेको पनि हो।


चौदण्डीगढी:संगीत क्षेत्रमा लागेर तपाईले के पाएँ र के गुमाएँ जस्तो लाग्छ?
संदिप:पाउन त खासै केही पाएको छैन श्रोता दर्शकको माया बाहेक तर गुमाउन चाहिँ धेरै गुमाएको छु।


चौदण्डीगढी:भविष्यका योजनाहरु के कसो छन् नी?
संदिप:मेरो भविष्यको योजना भन्नु पर्दा त्यहि हो,नयाँ गीत संगीतहरु श्रोता तथा दर्शकलाई पस्किने नै हो।संगीतमै लाग्छु,अब तेस्रो एल्बम "ट्रस्ट मी"को तयारी गर्दैछु।


चौदण्डीगढी:तपाईं मीठो गाउनुको साथै अाफैं संगीत पनि गर्नुहुन्छ,गाउन र संगीत भर्न कुन चाहिँ तपाईलाई विशेष रुचि लाग्छ?
संदिप:म गाउन चाहि रुचाउँछु,मलाई गायन नै प्यारो लाग्छ।तर पनि मुड चल्दा कम्पोज भने गर्ने गरेको छु,व्यवसायिक रुपमा भने गायनमै अघि बढ्नेछु।


चौदण्डीगढी: तपाईमा यति कला र गला हुँदा हुँदै पनि सोचे जस्तो अगाडि अाउन नसक्नुको कारण के होला?
संदिप:मुख्य कुरा त अार्थिक रुपमा कमजोर हुनाले पनि सोचे जस्तो प्रगति गर्न सकिएन।तर पनि म हिम्मत हारेको छैन,जब सम्म यो सास यो अावाजले साथ दिन्छ,प्रयास जारी नै रहनेछ।


चौदण्डीगढी:मोफसलबाट यतिका वर्ष संघर्ष गर्नुभयो, काठमान्डौंबाट लागी पर्दा अझै अगाडि बढ्न सकिन्छ कि?
संदिप:हुन त हो,मोफसलबाट अगाडि अाउन धेरै गारो रहेछ।त्यहि सोचेर पनि म काठमान्डौं अाएको छु।अब काठमान्डौंबाट संघर्ष गर्नेछु,मोफसलबाट सोचे जस्तो  नहुने रहेछ।


चौदण्डीगढी:नेपाली संगीत क्षेत्र अहिले कस्तो पाउनुहुन्छ?गीत संगीत क्षेत्रमै लागेर जीवन चलाउन सकिन्छ त?
संदिप:नढाँटी भन्नु पर्दा वास्तवमै धेरै गारो छ,अझै पनि हाम्रो संगीत क्षेत्र त्यति व्यवसायिक भईसकेको छैन।केही चलेका गायक गायिका बाहेक अरुलाई गारो छ।अहिले सम्म त कमाएरै बाँचीरहेछु तर पनि एउटा सानो अाश छ कतै केही हुन्छ कि भनेर।


चौदण्डीगढी:तपाईं संग मोफसलको र काठमान्डौं दुवैको अनुभव छ,के भिन्नता पाउनु भयो मोफसल र काठमान्डौंको रेकर्डिङमा?
संदिप:धेरै फरक छ,काठमान्डौंमा व्यवसायिक संगीतकर्मीहरु बाट बाजा बजाईन्छ,उता जो पायो त्यहिले।स्टुडियो देखि ट्रयाक निर्माण सबैमा काठमान्डौंमै गुणस्तर पाईन्छ।


चौदण्डीगढी:तपाईं यतिका वर्ष संगीत क्षेत्रमा लाग्नुभयो,तर पछिल्लो समय "बेल्टार बजार" भन्ने गीतबाट चारै तर्फको वाह वाह पाउनुभयो,कतिले त बेल्टारे गायक भनेरै ट्याग पनि भरिाए,कस्तो लाग्छ तपाईलाई?
संदिप:जे होस् धेरै समयको संघर्ष पछि एकदम राम्रो गीत पाएँ,सारै नै खुशी छु।त्यहि भएर अाज बेल्टारे गायक भनेर ट्याग लाईदिनु भएको छ,यसको विशेष धन्यवाद उक्त गीतको गीतकार/कम्पोजर अन्जन किराँतीलाई दिन चाहन्छु जसले मलाई विश्वास गरिदिनु भयो।


चौदण्डीगढी:तपाईलाई विशेषत: कस्ता गीतहरु गाउन मनपर्छ?
संदिप:सबै किसमकै गीतहरु गाउन मन पराउने मान्छे म,रोमान्टिक,सेन्टिमेन्टल सबै प्रकारकै गीत गाउँदा अानन्द मिल्छ।


चौदण्डीगढी:हस् त ,यहाँको सांगीतिक यात्रा अझ शिखर चुमोस्,कामना सहित हामी संग भलाकुसारी गरिदिनु भयो धन्यवाद।
संदिप:चौदण्डीगढी अनलाईनलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु,मेरा मनका केही कुरा राख्ने मौका दिनुभएकोमा,यो गायक पनि चौदण्डीगढी नगरपालिकाकै हो,मेरा अाउने यात्राहरुमा पनि साथको अपेक्षा राख्दछु।

Wednesday, May 24, 2017

नया नेपाली सर्ट मुभी "घाती श्रीमती" युटुबबाट रिलिज!!!

चौदण्डीगढी/समाचार
            होङ्खु सिनेमाको ब्यानरमा निर्माण भएको नया नेपाली सर्ट मुभी "घाती श्रीमती " युटुबबाट रिलिज गरिएको छ।
        महिला निर्देशक कृस्टी लिसरा को निर्देशनमा तयार भएको यो सर्ट मुभीले एउटा श्रीमतीले आफ्नो श्रीमानबाट टाढिएको अवस्थालाई देखाएको छ। जसमा बाहिर पर-पुरुष  सङको सम्बन्ध ले परिवारिक सम्बन्धमा दरार आएको कुरालाई देखाइएको छ ।
कलाकारहरु सुजन कोयि राई ,मुस्कान तामाङ , प्रेम तिगेला र आहाना भट्टराईले अभिनय गरेको यो सर्ट मुभिले समाजमा बेला बखत घटने  गरेका सामाजिक घटनालाई यथार्थमा देखाउन प्रयास गरिएको छ ।

Monday, May 22, 2017

भिषण र अन्जनको "एउटा सत्य" बाट अर्को गीत सार्वजनिक!!


चौदण्डीगढी / समाचार
                  नेपाली गीत संगीतको क्षेत्रमा बिगत केही समय देखि अनवरत रुपमा लागि परिरहेका सर्जक गीतकारहरु मध्येमा एक हुन् अन्जन किराँती जसले सांगीतिक सृजनामा अब्बल छाप छोडेका छन् । उनै गीतकार अन्जन किराँतीको शब्दमा रहेको "फूलको सौन्दर्यले सायद " बोलको गीतको  म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ ।गायक तथा संगीतकार भीषण  मुकारुङ तथा अहिलेका सांगीतिक दुनियाँमा मीठो स्वरकी धनी गायिका मेलिना राईको सुमधुर आवाजले सुसज्जित गीतमा कलाकार दुर्गा छेत्री र सन्जिता नेरितको अभिनय रहेको छ ।यु.ए.ईकै केही सुन्दर ठाउँहरुमा खिचिएको उक्त भिडियो केशव कटवालले निर्देशन गरेका हुन्।
धेरै पहिलादेखी बजारमा आएर चर्चित बनेको एल्बम "एउटा सत्य" मा संग्रहित यो गीतले आज म्युजिक भिडियोको आकार पाउँदा दर्शक श्रोताहरु पनि निकै उत्साहित बनेका छन्।

Sunday, May 21, 2017

उधोग बाणिज्य संघ बेल्टार - बसाहाको नेतृत्वमा भएका केही सामाजिक कार्यहरु सहयोगको अपेक्षा सहित ।

उधोग बाणिज्य संघ बेल्टार - बसाहाको नेतृत्वमा भएका केही सामाजिक कार्यहरु
सहयोगको अपेक्षा सहित
चौदण्डीगढी /उदयपुर
       बि.स. २०५३ सालबाट औपचारिक रूपमा उधोग बाणिज्य संघको शाखाको रुपमा सन्चालन हुँदै आएको बाणिज्य संघको काम कारबाहि तत्कालीन राजनैतिक अस्थिरता सङै सुस्त रुपमा यात्रा गर्दै आउदै गरेको अवस्थाबाट थोर बहुद बेल्टार का उधोगी व्यापारी हरुले एकताबद्द भएर सन्चालन मा ल्याउदै आएका थिए ।
ईतिहास हेर्दा बि.स.२०२१ सालबाट बिहिबारे हटिया सन्चालन हुँदै आएको जानकारहरु बताउछन । दिनानु दिन फस्टाएको व्यापार लाई सन्तुलनमा अगाडी बढाउन र व्यापारी ब्याबसायीहरुको हक हित र पैरवीका लागि उधोग बाणिज्य संघको आवश्यकता महसुस गरेर आउदै गर्दा २०५२ सालमा श्री बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एउटा समिती बनाईएको थियो तेस्तै २०५३ सालमा श्री मित्रलाल भट्टराईको अध्यक्षतामा श्री मन्दिल श्रेष्ठ सचिब रहने गरि र उदयपुर उद्योग बाणिज्य संघ शाखा बेल्टार नाम रहने गरि सन्चालन शुरु गरियो।
तेस्तै हुँदै गर्दा श्री योगराज कार्की को अध्यक्षतामा अर्को समिती बनाएर चलाउदै आएको यो बाणिज्य संघ तेति चुस्त रुपमा अगाडी बढन सकेन तत्कालिन राजनैतिक अस्थिरता र गृहयुद्धको चपेटामा उदयपुर उधोग बाणिज्य संघ शाखा कार्यलय बेल्टार समेत परेको थियो।
बेल्टारकै ब्यबसायी व्यापारी उद्योगपति दिनेश खतिवडा को नेतृत्व मा फेरि अर्को समिती गठन भएर आयो जब दिनेश खतिवडाले आफ्नो कार्यकाल पूरा गरेर राजीनामा दिएपस्चात भएको बाणिज्य संघको चुनाव बाट  पवन कार्कीको नेतृत्वमा साबिकको उदयपुर उद्योग बाणिज्य संघ पर्यो तब व्यापारी हरुको हक हितका निमित्त महत्त्वपूर्ण प्रयासहरु हुँदै गए।
 उदयपुर उद्योग बाणिज्य संघ बेल्टार बसाहा को अध्यक्ष भएपछि पवन कार्की लगायत उहाको समितिको चौदण्डीगढी लगायत एरियामा भएका केही महत्त्वपूर्ण  कार्यहरु:
१. चौडण्डीगढी नगरपालिका लगायत आसपास का ब्यापारीहरुलाई एकताबद्ध भएर अगाडी बढन अभिप्रेरित गरेको।
२. व्यापार संघ को भवन को निमित्त २ कठ्ठा जगा ब्यबस्थापन गर्नमा महत्त्वपूर्ण भुमिका खेलेको
३. व्यापार संघको आफ्नै नाममा भएको दुई कठ्ठा जग्गा मध्ये एक कठ्ठामा भवन निर्माण हुँदै गरेको जसमा ६ कोठे सहित सुबिधा सप्पन्न भवन निर्माण हुँदै गरेको
४. स्थानिय बिकासको निमित्त सदैब लागि परिरहेको
५. कार्कीकै नेतृत्व मा भुकम्प पिडितहरुलाई सिन्धुपाल्चोक मा राहत बितरण गरेको
६.ब्ल्ड डोनेसन कार्यक्रम बेल्टार नगरिमा सन्चालन गरेको
७. सर्पदन्स बारे महत्त्वपूर्ण जनचेतना कार्यक्रम गरेको
८. फोहोर रहित नगर बनाउनु को निम्ति नगरपालिका र संघको सहयोगमा डस्बिन चोक चोक मा राखिएको।
९.यस उधोग बाणिज्य संघ को बिधान बनाउनको निम्ति संयोजक रही काम गरेको।
१०.बेल्टार  गाइघाट सडक बर्खा पश्चात् भत्केका खाल्डा खुल्डी स्तरउन्नती बनाउनु को निम्ति पहल गरेको।
११. कृषि बजार सार्नुको लागि र पुर्ण ब्यबस्थापन को लागि पहल गरेको।
१२. यस नगरको सम्पुर्ण उधोगी ब्यबसायी हरुको सहजताको निम्ति सम्पुर्ण व्यावसायिक हरुको पिर मार्का  लाई बुझ्दै सम्बन्धित निकाय हरुमा पहल गरेको
१३.सम्पुर्ण उधोगी व्यापारी हरुको जानकारी को निम्ति कर अभिमुखिकरण तालिम गर्ने गरेको।
१४.उपभोक्ताहरुको हितका निम्ति विभिन्न समयमा खाद्यन्न तथा पेय पदार्थ हरुको अनुगमन गर्ने गरेको ।
   तमाम चौदण्डीगढी निवासी दाजु भाइ तथा दिदिबहिनी लगायत देश बिदेशमा रहनु हुने सहयोगी मनहरुमा हामी के अनुरोध गर्दछौ भने अहिले चौदण्डीगढी नगरपालिका स्थित वडा न :- ७ मा बन्दै गरेको भवन निर्माणका निमित्त  यहाको तर्फबाट पनि हामी आर्थिक भौतिक सहयोग को अपेक्षा गर्दछौ। अहिले सबै समितिका सदस्यहरु दिनरात बाणिज्य संघको भवन निर्माणका निमित्त अहोरात्र खटिरहेको कुरा हामिले बुझेका छौ तसर्थ यहाहरुले पनि आफ्नो तर्फबाट केही सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
यहाँ हामीले केही तस्वीरहरु पोस्ट गरेका छौ जसले बेल्टार बसाहा उद्योग बाणिज्य महासंघ ले गरेका समाजसेवाका कामहरु देखि लिएर अन्य विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको मिलेमतोमा गरेका कार्यक्रमका हुन











Saturday, May 20, 2017

तीन पाङ्ग्रे अटो रिक्सा (टेम्पो) व्यवस्थापन तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम !!!


चौदण्डीगढी / उदयपुर
       सामाजिक संस्था संरचना नेपालको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यलय गाइघाट , ईप्रका बेल्टार तथा चौदण्डीगढी नगरपालिका तथा विभिन्न व्यक्ति तथा व्यवसायीहरुको सहयोगमा बेल्टारको सिटि हलमा तीन पाङ्ग्रे अटो रिक्सा (टेम्पो)लाई कसरी व्यवस्थापन गर्ने र ट्राफिक नियमको पालना कसरी र किन गर्नुपर्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरियो ।
कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष श्री अभिनाश राईले गर्नु भएको थियो भने प्रमुख अतिथि हिमाली यातायात व्यवसायी संघका इन्चार्ज तेजराज तिमल्सिना , विशेष अतिथी नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष श्री भोटराज राई ,जिल्ला ट्राफिक कार्यलय गाइघाट प्रमुख प्रहरी नायब निरीक्षक शैलेन्द्र गच्छदारले गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरुले मन्तव्य राख्ने क्रममा चौदण्डीगढी नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत रमेश कुमार दास  साथै हिरा कुमार सापकोटा , सिताराम फुयाल र राजन अधिकारीले राखेका थिए।
त्यस्तै ट्राफिक नियम सम्बन्धि जानकारी प्रहरी नायब निरीक्षक शैलेन्द्र गच्छदारले फ्लेक्स बोर्ड तथा श्रव्य दृश्यबाट गराएका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलहरु, महिला सन्जाल प्रतिनिधिहरु, विध्यालय प्र.अ. हरु, युवा तथा बुद्धिजिवीहरु, सुरक्षाकर्मीहरु र टेम्पो व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा सहयोगीहरुलाई, प्रशिक्षकहरुलाई जेष्ठ नागरिक समाजसेवी कृष्ण चाम्लिङ र संरचना नेपालका अध्यक्ष अभिनास राईले सम्मान पत्र वितरण गरेका थिए।






Friday, May 19, 2017

बेल्टारमा किराँतीहरुले मनाए साकेला !!!


चौदण्डीगढी / उदयपुर
       किराँती समुदायले मनाउँदै आएको आफ्नो परम्परागत साकेला पर्व भब्य रुपमा आज चौदण्डीगढी नगरपालिका स्थित बेल्टार साकेला थानमा मनाएका छन्।प्रत्येक वर्ष वैशाख र मंसिरमा उँधौंली र उँभौंली भनेर किराँतीहरु अाफ्नो संस्कार र संस्कृति स्वरुप यस पर्वमा नाँच्ने गर्दछन्।जिल्लाको विभिन्न क्षेत्रहरूबाट उपस्थित भएका किराँती समुदाय तथा गैर किराँती समेतको सहभागितामा भब्य रुपमा साकेला मनाईएको थियो।
साकेला भन्नाले भूमी, शिला, ढुंगाको पूजा हो । यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेला हो ।
उनै श्रृष्टिकर्ता भूमिदेव तथा धरतीकी प्रतीक सुम्निमा र आकाशको प्रतीक पारुहाङलाई अन्न प्रदान गर्ने माताको रुपमा पूजा गर्न आरम्भ गर्ने खोक्चिलिपा (हेच्छाकुप्पा/रछाकुल्ले) र नालुङमा (सिक्रिमा) तथा कपडा बुनाईको सीप आविष्कार गर्ने तायामा र खियामा जस्ता श्रष्टाहरूले प्रतिपादन गरेको किराँत संस्कार, संस्कृति जसमा ढोल, झ्याम्टा, सिलिमी, पोमी (चौरीको पुच्छर) जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिया गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेला नामले पुकारिन्छ । किराँतहरूको भाषामा: साकेला, साकेवा, साकेन्वा, तोषी, तोष, साक्खेवा, साखेल, स्याँदर, चासोक जस्ता धेरै शब्दहरू हुँदाहुँदै  किराँत भाषामा नै साकेला, साकेवा वा अन्य किराँत भाषी नामबाट संबोधन गर्ने गरेको पाइन्छ।
बेल्टारमा साकेला मनाईरहँदा बालबालिका, युवा युवतीलाई  विभिन्न किराँती भेषभुषाले सजिसजाउ देखिएका थिए भने आफ्नो संस्कृती र परम्परागत चाँड साकेला नाचेर भब्यरुपमा मनाएको कुरा हामीलाई एक सहभागीले बताए ।







गायक बिपुल क्षेत्री को लाइभ कन्सर्ट दुबईमा।

गायक बिपुल क्षेत्री को लाइभ कन्सर्ट दुबईमा।


   हिजो राती गायक बिपुल क्षेत्रीले लाइभ कन्सर्ट मार्फत नेपाली गीत संगीतप्रेमीको फेरि मन जिते।युएई को दुबई राज्य स्थित अल फाहिदीको म्याजेस्टिक होटलमा सम्पन्न भएको कार्यक्रम मा निकै नै ठूलो नेपाली जमात देखिन्थ्यो। बिपुल क्षेत्री स्टेजमा आउनु भन्दा पहिला प्रtha ब्यान्डले केही गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।
जब बिपुल स्टेजमा आए तब कार्यक्रमले बिल्कुल फरक मोड लियो । सबै जसो बिपुलको गितहरु सुनेर मनोरन्जन लिईरहेका थिए ।निकै नै चर्चित गायक बिपुलको लाइभ कन्सर्ट हेर्नका लागि विभिन्न राज्यहरुबाट आएका युवा युवतीहरुले कम्मर मर्काई मर्काई नाचिरहेका थिए ।
छाेटाे समयमै अाफ्नाे पहिचान शिखरमा पु-याउन सफल अहिलेका युवापिढीहरूकाे प्रिय गायक बिपुल क्षेत्री अाफ्नाे टाेली सहित सांगीतिक  काेशेलीहरू लिएर युएई अाएका हुन्।
कालिम्पोङमा जन्मिएका क्षेत्री पेशाले संगीत शिक्षक हुन् ।उनका  गीतहरुले गत वर्ष हिट्स एफ एम अवार्ड तथा अन्य पुरस्कार जितेका थिए । उनले गाएकाे भेट भयो आज सिन्डिकेटको माझ…, राम साईली,,,आकाशलाई छुने संसारलाई ढाक्ने…, पानी पर्यो सरर…, डडेलो लाग्यो त्यो पारी डाँडा…जस्ता गीतहरु निकै चर्चित रहेका छन् ।२० तारिक पर्सि उनको अबुदाबी राज्यमा अर्को कार्यक्रम रहेको छ।


Friday, May 12, 2017

बेल्टारबाट सामान लिएर बाङ्सिलाघाट जाँदै गरेको ट्याक्सी दुर्घटना !!!



चौदण्डीगढी/उदयपुर
अभिनास राई
        चौदण्डीगढी यातायात प्रा.लि. द्वारा संचालित बेल्टार छुइला बाङ्सिला चल्ने ग १ ज ५८१९ नम्वरको ट्याक्सी बैशाख २९ गते शुक्रवार बिहान करिब  ६:३० बजेतिर कोशी पुग्नै लाग्दा दुर्घटनामा परेको छ। बेल्टारबाट उक्त ट्याक्सी खाध्यान्न तथा जस्तापाता लिएर बिहान ५ बजेतिर हिडेको थियो।
सुगाचरी भन्ने ठाउबाट ओरालो   झर्ने क्रममा घुम्तीमा पुगेपछी ब्रेक फेल हुन गएको कारण चालकले सुरक्षा गर्नका लागि गाडीलाई भितातिर जोत्ने क्रमम सडकमा गाडी पल्टिन पुगेको थियो जसको कारण भिरबाट खस्नबाट जोगिएको छ ।
यातायात प्रा.लि. का सचिब नरोत्तम राइका अनुसार गाडीमा सवार ६ जना मध्ये चालक गगाराम र अरु तीन जना सकुसल रहेको छन भने खोटाङ जिल्ला पौवासेरा घर भएका बर्ष २० का युवराज मगरको दायाँ खुट्टा भाचिएको र सोही ठाउ घर भएका बर्ष ५१ का बम बा. राइको टाउको तथा शरीरमा चोट लागेको छ ।
दुर्घटना पश्चात् बेल्टार बाट अर्को ट्याक्सी पठाई घाइतेहरुलाई बेल्टार प्राथमिक स्वास्थ चौकी मा सामान्य उपचार पश्चात् धरान बि.पि. कोइराला अस्पतालमा  पठाइएको छ ।
दुर्घटनामा खासै ठूलो क्षति नभए पनि खाद्यान्न लगायत अन्य सामग्री छरिएर यत्र तत्र भएको थियो।

पुष्कर पन्त फिल्म बनाउन अमेरिका बाट नेपाल जाँदै!

चौदण्डीगढी/उदयपुर
     बैशाख ३०,०७४
         
          लामो समयदेखि कलाकारिता क्षेत्रमा काम गरिरहेका कलाकार पुष्कर पन्त नेपाली फिल्म बनाउनका लागि नेपाल जाने भएका छन ।
बिगत २५ बर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा काम गरिरहेका पुष्कर पन्त ले अब फेरि पनि नेपाली फिल्म बनाउने उदेस्य लिएर नेपाल जाने बताएकाछन।
निकै नै चर्चित फिल्म "ठुली " मा प्रोडयुसरको रूपमा काम गरिसकेका पुष्कर पन्त आफ्नो अमेरिकाको बसाई भएता पनि अब नया नेपाली फिल्म निर्माणका निमित नेपाल जाने कुराको जानकारी हाम्रा चौडण्डीगढी प्रतिनिधि लाई उनले बताएका छन  साथमा आफै कलाकार भएका कारण पनि नायकको भुमिकामा पुष्कर पन्त आफै खेल्ने सम्भावना समेत रहेको जानकारीमा आएको छ ।

बिश्वका अनौठा ८ प्राणीहरु जो बिस्वास गर्न गारो !

प्रकृतिका अनौठा जनावर, कुनै पारदर्शी त कुनै हेर्दै डरलाग्दो

एजेन्सी । प्रकृति भन्दा ठूलो कलाकार कोही छैन । प्रकृतिमा यस्ता जीवजन्तु पाइन्छन् कतिपय जीवजन्तु त यो संसारकै हो भन्ने एकीन गर्न पनि गाह्रो हुन्छ ।

हामी अजिब ८ जीवजन्तुको बारेमा जानकारी दिन गइरहेका छौँ :

१. लामो गर्दन भएको चाइनीज कछुवा

यो अल्बिनो चाइनीज कछुवा हो । यसको गर्दन लामो हुन्छ । यसको थुतुनो गोताखोरको स्नोर्कल जस्तै हुन्छ, जसको कारण पानी भित्र आरामले सास फेर्न सक्छ । यो कछुवा लाखौँको संख्यामा पालिएको हुन्छ । यसको सूप एकदमै राम्रो मानिन्छ । यसको शरीर पनि परम्परागत औषधिमा प्रयोग गरिन्छ ।


२. यो सर्पको शरीर पत्ति जस्तो

यो बुश वाइपर हो, यो अफ्रिकामा पाइन्छ । यो सर्पको छाला पत्ति जस्तो हुन्छ । यसको नाममा झाडी जोडिएको छ । यो विषालु सर्पले खरायो, माउसुली तथा अन्य सर्पहरु खाने गर्छ ।


३. चम्किलो समुद्री प्राणी

यसको नाम हो सैल्प । यो चम्किलो समुद्री प्राणी पानीमा घुलेर कार्बन डाईअक्साइडको प्रयोग गर्छ । यो एक्लै र समूह बनाएर समुद्रमा तैरने गर्छ । यो अन्टार्टटिकाको दक्षिणी सागरम पाइन्छ ।


४. जंगली घोडा जस्तै जन्तु

ओकापी नामको यो जन्तु मध्य अफ्रीकामा पाइन्छ । यो जंगली घोडा र सुंगुरको मिश्रण जस्तै देखिन्छ । यो जिराफ वर्गमा पर्छ । छालाको लागि यसको सिकार गर्ने गरिन्छ । यो लोपोन्मुख प्राणीमा पर्छ ।


५. रंगीविरंगी झिंगा

यो रंगिविरंगी झिँगाको नाम हो पिकक मेटिस । इन्डो प्यासिफिक ओसनमा पाइने यो झिँगा एकदमै बलियो हुन्छ । यसलाई पक्रेर एक्वेरियममा राख्ने हो भने यसले ठोकेर नै एक्वेरियमको शिशा नै फुटाइदिन्छ ।


६. लिपिस्टिकवाला माछा

यो माछाको नाम हो रेड लिप्ड बैटफिश । यो माछा प्रशान्त महासागरको गैलापैगोस आइल्याण्डमा पाइन्छ । यसको सिरमा एक अंग हुन्छ, जले किराहरुलाई आकर्षित गर्छ र भोजन बनाउँछ ।


७. सबैभन्दा सानो चरा

यो विश्वको सबैभन्दा सानो चरा हो । यसको नाम हमिंगबर्ड हक मथ हो । यो हावामा रहे फूलको रस चुस्ने गर्छ । यो वर्षा भएको बेला पनि उड्न सक्छ ।


८. वर्षातमा मात्र निस्कने भ्यागुता

यो भ्यागुताको नाम इन्डियन पर्पल फ्रग हो । यो भारतको पश्चिमी घाट इलाकामा पाइन्छ । यो भ्यागुता २००३ मा पत्ता लागेको हो । यो हल्का जामुनी रंगको हुन्छ । यो ज्यादा समय जमीन भित्र रहन्छ । वर्षातको बेला मात्र प्रजननको लागि बाहिर निस्कने गर्छ ।
श्रोत:- फेसबुक 

Tuesday, May 9, 2017

"के सोचेर" जितेन र मिलनको भयो सार्वजनिक ।

चौदण्डीगढी/उदयपुर
         
            नेपाली साङितिक आकासमा धेरैले चिनेका स्थापित गायक जितेन लेप्चाको "कुनै मोडमा" एल्बममा रहेको नया गीत "के सोचेर" भर्खर युट्युब मार्फत सार्बजनिक गरिएको छ।
जितेन लेप्चा र मिलन अमात्यको सुमधुर स्वरले सजिएको यो गीत एकदमै मिठास समेत रहेको छ ।
भिडियो को छायांकन पुर्वी  नेपालको सिन्धुलीका एकदम रमणीय स्थानमा गरिएको छ।
गीतकार ए आर कुमार दुलालको शब्दमा रहेको यो मीठो गितलाई गायक तथा संगीतकार जितेन लेप्चा आफैले संगीत गरेका छन।म्युजिक भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको छ ।
म्युजिक भिडियोमा मोडल कुमार अनि मोडेल करुणा को मुख्य भुमिका रहेको छ भने म्युजिक भिडियोलाई दिलिप समनले निर्देशन गरेका छन ।
भिडियो सम्पादनको कामलाई नेत्र गुरुङले गरेका हुन । गीत लाई अनुभवी एरेन्जर फडिण्द्र राईले एकदम राम्रो सङले एरेन्ज गरेका छन
पुर्वी नेपालको प्राकृतिक सुन्दरता ले सजिएको सिन्धुलीमा यो म्युजिक भिडियोको छायांकन गरिएको भएर पनि अहिले सम्म निकै दर्शकहरुले हेरिसकेको जानकारीमा आएको छ ।

Sunday, May 7, 2017

प्रेमविवाह गरेकी शशीको रहस्यमय मृत्यु !

चौदण्डीगढी/उदयपुर
अभिनास राई
      चौदण्डीगढी नगरपालिका  वडा न .३ स्थित बसाहा, हात्तिसारमा श्यामराज मगरको श्रीमती शशी लिम्बु मगर बेलुकी करिब ७:३० बजेतिर गत शनिवार  घरको धरिनमा सलको पासो लगाई मृत्यु भएको अवस्थामा भेटिएको छ। माइतीघर धनकुटा हिले भएको र उनीहरुको प्रेम विवाह भएको थियो।
कक्षा १२ मा अध्यनरत उनी धेरै पहिले देखि नै टाउको दुख्ने समस्याबाट ग्रसित थिईन् । उनको बुवा पनि चिनी रोगबाट (सुगर) ग्रसित भएको र श्रीमान सेना भएकोले उनलाई सेनाको हस्पिटलमा लगेर उपचार गराइदैं  आएको थियो।
धेरै को मनमा हत्या कि आत्महत्या भन्ने प्रश्न उब्जिरहदा उनी डिप्रेसनको सिकार भएको कारण आत्महत्या नै हो कि भन्ने आशंका गरिएता पनि पोस्टमार्टमको रिपोर्ट आई नसकेको  हुँदा केही भन्न नसकिने र अनुसन्धान भै रहेको कुराको जानकारी ईप्रका चौदण्डीगढी प्रमुख आसाराम चौधरीले बताए । मेडिकल रिपोर्ट आइसकेपछि घटना बारे सत्य तथ्य बाहिर आउने बताइएको छ ।

Friday, May 5, 2017

गुडिरहेको टेम्पोमा अागलागी !!




उदयपुर/चौदण्डीगढी      

         जिल्लाको  चौदण्डीगढी न.पा. स्थित  छुइला - बेल्टार सडक खण्डमा हिजो बिहिवार दिउसोको करिब १२:०० बजेको समयमा बेल्टार झर्दै गरेको टेम्पोमा एक्कासी आगलागी भएको खवर प्राप्त भएको छ ।
समाचार श्रोतका अनुसार गुडिरहेको टेम्पोमा अकस्मात आगलागी भएको  तर कुनै मानवीय क्षति भने हुन नपाएको भन्ने बुझिएको छ । आगोलाई स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिईएको थियो।
आगो लाग्नुको कारण बारे केही बुझ्न सकिएको छैन तथापी इन्जिन सर्ट भएर आगो लागेको हामीलाई एक प्रत्यक्षदर्शी रमेश पौडेलले बताए।
आगलागी भएको टेम्पो स्थानियवासी चौदण्डीगढी -६,बेल्टार निवासी भिम दाहालको रहेको बुझिएको छ ।
दिनानुदिन गर्मी बढिरहेको अवस्थामा यस घटनाले टेम्पो बेला बेलामा सर्भिसिङ गर्ने बानीको बिकास हुनुपर्ने देखिन्छ। संख्यात्मक  हिसाबले जति धेरै टेम्पोहरु अहिले गाउँघर तिर भित्रीरहेका छन् तर बेला बेलामा सवारीसाधनहरु को नियमित परिक्षण गर्दा यस्ता आकस्मिक रुपमा हुन आउने घटना कम गर्न सकिन्छ ।

Tuesday, May 2, 2017

मुकेसको तिमी मलाई माया गर सार्वजनिक !!!

चौदण्डीगढी /उदयपुर
चौदण्डीगढी नगरपालिका वडा न ७ निवासी गितकार तथा गायक मुकेस कटुवालको भिडियो गित "तिमी मलाई माया गर" सार्बजनिक भएको छ ।
निकै लामो समय देखि सङ्गितको क्षेत्रमा निरन्तर लागीपरेका गायक मुकेशले यो पहिलो गित युटुब बाट सार्बजनिक गरेको बताएका छन ।
परेली फिल्मस म्युजिक प्रा.लि को ब्यानरमा सार्वजनिक गरिएको गितलाई हेम सुब्बा ले एरेन्ज गरेका छन । "अधुरो प्रेम" एल्बममा समावेस यो आधुनिक गीति एल्बममा जम्मा १२ वटा गित समावेस गरिएको छ ।
यो म्युजिक भिडियो मा कलाकार तथा मोडलहरु तेजिन्द्र गौतम र अरुणा गौतम साथमा लाक्पा शेर्पाको अभिनय गरेका छन। यो भिडियोलाई निर्देशक मिलन कार्कीले हुन।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...